सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उनीहरुका श्रीमतीसहितले मतदान गरेका हुन् ।
कालिकादेवि मा।वि मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका छन् । उनीहरु तिन दिनदेखि आमाको मृत्यको शोकमा क्रिया बसिरहेका छन् ।
मतदानको अनुभव सुनाउँदै कमल श्रेष्ठले भने ,‘दुखको घडिमा पनि स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउन मतदान गर्न आएको हो ।’ यस्तै चुर्ण प्रसाद श्रेष्ठले आमा वितेको बेला पनि राज्य चलाउन आफ्नो मतको महत्व बुझेर आफु मदतानमा सहभागी भएको बताए ।
जीवनको सबैभन्दा दुखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनिहरुले आफ्नो मतले आगमी पाचँ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनीहरुको भनाई थियो ।
आफ्नो परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखिनै मतदान भइरहेको छ ।
धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । जिल्लामा शान्त र सामान्य रुपमा मतदान भईरहेको छ । सुरक्षा व्यवस्थापन कडा गरिएको छ ।

Leave a Reply