काठमाडौं । काभ्रेमा १०५ वर्षिया वृद्धाले मतदान गरेकी छन् । अहिलेसम्म कुनै चुनावमा भोट हाल्न नछुटाएकी पुण्यमाता काफ्लेले नातिको सहारामा मतदान केन्द्र पुगेर भोट खसाएकी हुन् ।
पुण्यमातालाई उनका नाति कमल काफ्लेले बोकेर चौरी देउराली ३ माझिफेदाको बुद्ध हिमालय माविमा पुर्याएका थिए । भोट हालेपछि उनले आफूले गरेको मतदानको सदुपयोग हुने आशा व्यक्त गरिन् ।
पुण्यमाताले भनिन्, ‘हामीले भोट हालेको नेताले राम्रो काम गरुन् । देश विकास गरुन् ।’
पहिलेका नेताहरुले खासै राम्रो काम नगरे पनि अहिले केही विकास भएको उनको अनुभव छ । त्यसैले आफ्नो मताधिकार प्रयोग गरेको पुण्यमाताले बताइन् । वाचुञ्जेल हरेक चुनावमा भोट खसाउने पनि उनको प्रतिवद्धता छ ।

Leave a Reply