यी हुन् युईएफए च्याम्पियन्स लिग अन्तिम १६ मा पुग्ने टोली

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केही खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने टोलीले पूर्णता पाएका छन् । प्रिक्वार्टरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ । होम एण्ड अवे आधारमा हुने प्रिक्वार्टरफाइनल विजेताले स्थान पक्का गर्नेछन् ।

अन्तिम १६ को ड्र ७ नोभेम्बरमा युरोपियन फुटबलको मुख्यालय स्विजरल्यान्डमा हुनेछ । प्रिक्वार्टरफाइनलका पहिलो चरण फेब्रुअरीमा हुनेछ । खेलहरु १४, १५, २१ र २२ तारिकामा हुने यूईएफएले जनाएको छ ।

यस्तै दोस्रो चरण मार्चको ७, ८, १४ र १५ तारिखमा गर्ने निर्णय गरेको छ । फाइनल खेल सन् २०२३ को १० जुनमा स्तानबुलको ओलम्पिक मैदानमा हुनेछ ।

अन्तिम १६ मा स्थान बनाउने समूह विजेता टोली

बायर्न म्युनिख, बेन्फिका, चेल्सी, म्यानचेस्टर सिटी, नापोली, पोर्टो, रियल मड्रिड, टोटनहम

समूह उपविजेता टोली

क्लब ब्रुग, डर्टमन्ड, फ्रान्कफुर्ट, इन्टर मिलान, आरबी लाइपजिग, लिभरपुल, एसि मिलान, पेरिस सेन्ड जर्मेन (पीएसजी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *