‘नो नट अगेन’ र तोसिमाको रिट कुमार चुडालको इजलासमा

काठमाडौं । निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटको पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा आयोगविरुद्धका दुवै रिट सुनुवाइ हुन लागेको हो।

‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध अदालतमा रिट दर्ता भएको थियो।

‘नो नट अगेन’लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सोमबार नै दायर गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *