जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा देउवा गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छन् ।
आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् ।
आइतबार साँझ जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

Leave a Reply