नेपालमा खेलकुद क्षेत्रको विकास एमालेले मात्रै गर्नसक्छ : ईश्वर पोखरेल (भिडिओ)

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकास एमालेले मात्रै गर्न सक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गरे ।

उनले कीर्तिपुरको रंगशालाको स्तरोन्नति, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालीका एक खेलकुद ग्रामको कार्यक्रम अन्तर्गत करिब दुई सय पालिकामा कामको सुरुवात लगायतका कार्यहरू एमाले सरकारले नै गरेको धारणा राखे ।

त्यस्तै प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातिक बजेट वितरणको थालनी पनि आफ्नै पार्टीको सरकारले गरेको उनले बताए ।

त्यस्तै पोखरेलले खेलाडी बिमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको दाबी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने जिकिर गरे ।

पोखरेलले आगामी निर्वाचन केवल निर्वाचन मात्रै नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *