मंसिर ४ को ब्याटल जसरी पनि गठबन्धनले जित्नु छ: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् ।

शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर ४को चुनाव सामान्य निर्वाचन नभएको भन्दै देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिएर चुनावी ब्याटल गठबन्धनलाई जिताउन जोड दिएका हुन् ।

उनले मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले दुईवटा गठबन्धनबीच ब्याटल हुने र  त्यसको ब्याटल आफूहरुले जित्नुपर्ने बताए ।

काठमाडौं ७ मा माओवादीबाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराईले चुनाव जित्नेमा विश्वास व्यक्त गरे । उनले अहिले दुईवटा गठबन्धन आमनेसामने भएको बताए ।

Comments

One response to “मंसिर ४ को ब्याटल जसरी पनि गठबन्धनले जित्नु छ: प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    किनकी देश लुटन र भारतको लागि दलाली गर्नुछ । कि कसो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *