काठमाडौं । गठबन्धनबाट नेकपा एसका उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाई सुरु भएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा केहीबेर अघि सुनुवाई सुरु भएको हो ।
खाजा सत्रपछि मात्र श्रेष्ठको इजलास बसेको थियो । निर्वाचन आयोगले आफ्नो उम्मेदवारी रद्द गरेपछि गुरुङ अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् । गुरुङले रुपन्देही-२ मा उम्मेदवारी दर्ता गरेका थिए ।

Leave a Reply