चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी

दाङ । निर्वाचन आचार संहिता विपरीत सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण वितरण गरेको भन्दै विवाद भएको छ ।

मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टल दरले दुई सय क्विन्टल चामल वितरण गरेका हुन । बाढीबाट प्रभावित भएकाहरूलाई राहत स्वरूप चामल उपलब्ध गराइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

‘मन्त्री ज्यूको पहलमा आएको चामल हो । त्यो पालिकालाई दिइएको छ’सचिवालयका एक सदस्यले भने– ‘बाढी पीडितलाई दिने भनेर चामल मगाइएको थियो ।’

मन्त्रीले चामल वितरण गरेको खबर सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ । भोट प्रभावित गर्ने उद्देश्यले बाढी पीडितको नाममा चामल बाँडिएको आरोप विपक्षीले लगाएका छन् ।

निर्वाचन आयोगले मन्त्रीहरू अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार संहिता विपरीत हुने जनाएको छ ।

‘मन्त्री अघि सेर सामाग्री दिन पाउँदैनन् । सरकारको आफ्नै संयन्त्र छ । संयन्त्र भन्दा बाहिरबाट काम हुँदा त्यो आचार संहिता विपरीत ठहरिन्छ’निर्वाचन अधिकृत मानबहादुर विष्टले भने–‘यस बारेमा भएको के हो ? हामी अनुसन्धान गर्छौँ ।’ तर, मन्त्री चौधरीले स्थानीय सरकारको एकद्वार प्रणालीबाट वितरण हुने गरी चामल उपलब्ध गराएको बताएका छन् ।

Comments

2 responses to “चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी”

  1. ksp pyl Avatar
    ksp pyl

    भोट किनेको हो । उम्मेदवारी बरखास्त गर निर्वाचन आय‍ोग। मन्त्री खान पार्टी फुटाउनेले जे पनि गर्छ।

  2. bharat kumar Thapa Avatar

    मन्त्रीले कहाँबाट ल्याएको हो चुनावको बेला चामल बाड्नु आचारसंहिता विरोधको काम हो उनले कहाँबाट कसरी ल्याएको हो भोट किन्न बाडेका हन नत्र उनलेे अहिले बाड्नु को मतलब के? छानबिन गरी उन को उमेदवारी तुरुन्त रद्ध गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *