काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको काठमाडौं महनगरपालिका-३१ भिमसेनगोलास्थित भत्केको पुल मुनि काभ्रे घर भएका ३८ वर्षीय शुभास खड्का बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ४५ वर्षीय मिल कुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, ललितपुर महानगरपालिका-१० कुपण्डोलस्थित वागमती खोलाको बिचमा हाल पहिचान नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *