गोरु चराउन जाँदा अरिंगालको टोकाइबाट मकवानपुरमा एकजनाको मृत्यु

हेटौँडा । गोरु चराउन जाँदा अरिंगालको टोकाइबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ६ पारिबजार बस्ने ६२ वर्षीय कृष्ण बहादुर स्याङता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

बुधबार दिउँसो भीमफेदीको कापडाँडा स्थित जंगलमा गोरु चराउन जाँदा अचानक कालो अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका स्याङतानको चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *