आफ्ना उम्मेदवार फिर्ता बाेलाएर प्रभु साहलाई सघाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट-३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।

यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।

Comments

One response to “आफ्ना उम्मेदवार फिर्ता बाेलाएर प्रभु साहलाई सघाउने माओवादी केन्द्रको निर्णय”

  1. ksp pyl Avatar
    ksp pyl

    केही समय अघिसम्म प्रभु साहले प्रचण्डलाई सुन्नै नसकिने गरि गाली गर्थे । आखिर उनैले खटाएका आदेशपालक रहेछन् । मतलब धेरै चर्का कुरा गर्नेको भर हुँदैन ती गद्दार हुन्छन । भिमरावलले पनि राष्ट्रियताको सम्बन्धमा गरेको कुरा सुन्दा कतै यी दक्षिणका आदेशपालक त होईनन भनेर शंका गर्ने ठाउँ छ । मोदिको प्रतिनिधिको रूपमा सामन्त गोयल आए । ल न त भेटिदिउँ भनेर ओलिले भेट दिए । यो विषयलाई रावलले यसरी उठाएका छन् पटक पटक कि मानौं ओलिले बर्बादै गरे ।मलाई त के लाग्न थाल्यो भने मोदि , रावल र ठगबन्धनको बीचमा सल्लाह भएको हुनुपर्छ । मोदिले गोयल पठाउने । गोयललाई ओलिले भेटने अनि बाहिर आएर ओलिले बर्बादै गरे भनेर चिच्याउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *