भजनीको बस्तीमा बाढी पस्यो, सयौं घर डुबानमा

कैलाली । लगातारको वर्षाका कारण भजनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका-२ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरूमा करिब १२५ घरधुरीमा डुबानमा परेका छन्।

त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करिब ४० घरधुरी डुबानमा परेका हुन्। यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिविर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ।

वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ। डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरू पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ।

उक्त स्थानहरूमा प्रहरी टोलीहरू खटिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *