बिहान ११ बजेदेखि बसेको गठबन्धन बैठक निष्कर्षविहीन, मन्त्री कार्की पत्रकारबाट तर्किए

काठमाडौं । सत्तारुढ गठबन्धनको आजको बैठक निष्कर्षविहीन बनेको छ । आज विहान साढे ११ बजेदेखि बसेको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै पनि ठोस सहमति नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई प्रतिक्रिया नै दिएनन् । अरु बेला खास बोल्ने कुरा नभएको बताउँदै प्रतिक्रिया दिने कार्कीले आज क्यामेरा स्टेण्डबाइ राखेर पर्खिरहेका सञ्चारकर्मीलाई वास्तै नगरी गाडी चढेर निस्किएका थिए ।

बैठकमा नेताहरुको निस्कने क्रममा साँझ परेपछि सुरु भएको थियो । बैठकबाट नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल साँझ ७ बजे निस्केका थिए । त्यसको १० मिनेटपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यसलगत्तै माओवादीकै नेताहरु नारायणकाजी श्रेष्ठ एवम् देव गुरुलगायत नेताहरु बैठकबाट निस्किएका थिए ।

त्यस्तै, सवा ८ बजेतिर जसपाका अध्यक्ष उपेन्द्र यादव निस्केपछि नेपाली कांग्रेसका रामचन्द्र पौडेल पनि निस्किएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *