टुकुचाको प्रशोधन प्लान्ट आयोजनाबाट एडीबीले हात झिक्यो

काठमाडौं । एशियाली विकास बैंकले वागमती खोला बेसिन सुधार आयोजनाअन्तर्गत टुकुचा खोलामा थप लगानी नगर्ने घोषणा गरेको छ ।

वागमती बेसिन सुधार योजनाअन्तर्गत टुकुचा खोलामा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि मात्र सम्झौता भएकाले हाल यहाँ कुनैपनि लगानी थप्ने योजना नरहेको एडीबीको भनाइ छ ।

बैंकले टुकुचा समुदायको स्टेकहोल्डर भावना बानियाँले गत सेप्टेम्बर १९ मा लेखेको पत्रको जवाफ दिँदै हात झिकेको हो । एडीबीले टुकुचा खोलामा यसअघि फोहोर पानी प्रशोधन प्लान्टमा लगानी गरेको थियो ।

सो प्लान्टले दैनिक १७.३ मिलियन लिटर पानी प्रशोधन गर्ने एडीबीको पत्रमा उल्लेख छ ।

केही दिनयता काठमाडौं महानगरले टुकुचा मिचेर बनाइएका भवन तथा संरचनाहरू धमाधम भत्काइरहेको बेला एडीबीले उक्त कुरा सार्वजनिक भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *