सूर्यबहादुर थापाको आत्मकथा विमोचन गर्न याक एन्ड यतीमा प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरूको भीड

काठमाडौं । भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा आज विमोचन भएको छ । ‘मेरा ९ दशकः पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ शीर्षकको पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू राजधानीको पाँचतारे होटल याक एन्ड यतीमा भिड लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा ४ जना पूर्वप्रधानमन्त्रीको उपस्थिति रहेको हो । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनाल अतिथिको आसनमा छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निम्तो गरिएको भए पनि उनी गएनन् । मञ्चमा माधव र झलनाथ छेउको कुर्सी खाली छ । अर्का जीवित पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पनि उपस्थिति देखिएको छैन । चन्द थापाका राजनीतिक प्रतिस्पर्धी पनि हुन् ।

थापको यो आत्मकथा पत्रकार तथा ईकागज डटकमका सम्पादक हरिबहादुर थापाले सम्पदन गरेका हुन् भने केदार शर्माले लेखेका हुन् । १४ वर्ष लगाएर यो पुस्तक तयार गरिएको कार्यक्रममा बताइयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *