काठमाडौं । काठमाडौं महानगरले वीर अस्पताल अगाडिका अवैध टहरा भत्काएको छ । यहाँ औषधी पसलहरू सञ्चालनमा थिए । नक्सा पास नगरी बनाइएका संरचना हटाउने क्रममा महानगरले डोजर लगाएर यहाँको टहरा भत्काएको छ ।
फार्मेसी हटाउन महानगरले आज दिउँसो १ बजेसम्मको अल्टिमेटम दिएको थियो । उक्त समयावधिमा पसल र टहरा नहटाइएपछि महानगरले डोजर लगाएर भत्काएको हो ।

फार्मेसी सञ्चालकहरूले औषधि सार्न समय मागेका थिए । तर, यसअघि दिएको म्यादमा अटेर गरेपछि नगर प्रहरी डोजर लिएर पुगेका छन् ।
वीर अस्पतालअघिका अनधिकृत टहरामा आधा दर्जनजति औषधि पसल सञ्चालनमा छन् ।


Leave a Reply