ओलीमाथि खनिए प्रचण्ड- संसद विघटन प्रतिगमन नभएर के हो ? कि नेपाली जनता भेडा भन्ठान्नुभो ! (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन संविधानको मर्मविपरित भएको बताउँदै त्यो प्रतिगमन नै रहेको बताएका छन् ।

चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनीअघि बोलेका एमाले अध्यक्ष ओलीले बोलेको कुरामाथि पटाक्षेप गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘तीनवर्ष पुग्दानपुग्दै संविधानको मर्म र भावनाअनुसार सरकार अगाडि जान सकेन । मलाई अनौठो पनि र अलिअलि आश्चर्य पनि लाग्यो,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताले प्रतिगमनको पनि ब्याख्या पनि गर्नुभयो, लोकतन्त्रको पनि व्याख्या गर्नुभयो । यो के….जसले जे भनेपनि हुनेहोकी क्याहो जस्तो पनि लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार, सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइदैन भनेर हामी सबैले सचेत भएर व्यवस्था गरेको होइन् ?’

संसदभित्र सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको मर्म, भावना र लोकतन्त्रको मान्यताविपरित सरकारको नेतृत्व गर्ने दलभित्र बैठक बस्दाबस्दै त्यसबारे छलफल नगरिकन हठात प्रतिनिधिसभा विघटन गर्ने काम भएको उनले बताए । ‘अनि कताकता तुलना गर्दिनुभो । अहिले पनि निर्वाचन गरेको प्रतिगमन हो । तुलना गर्ने पनि एक हद हुन्छ नि,’ उनले भने, ‘हामी यहाँ बसेका केही नि नबुझ्ने छन् भन्ठान्नुभा हो की, अथवा नेपाली जनताले केही नि जान्दैनन्, भेडै छन् भन्ठान्नुभा होकी ?’

Comments

3 responses to “ओलीमाथि खनिए प्रचण्ड- संसद विघटन प्रतिगमन नभएर के हो ? कि नेपाली जनता भेडा भन्ठान्नुभो ! (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    भारतीय दलालहरूले नकराएकै बेश । नोयडामा जेल हालेर कपाल मिलाएर नेपालमा जनताका छोराछोरी मराउनेले फुर्ति गर्ने ?

  2. bharat kumar Thapa Avatar

    फुर्ति लगाउनु पर्दैन पुष्प कमल दाहाल ढिकुरपोखरीमा जन्मेको र चितवनमा हुर्केको र भारतद्वारा प्रशिक्षित तपाईंले एमाले र एमाले जनहरूलाई धम्क्याएको अलि हजम भएन कति एमालेलाई गाली गर्ने कुरा कति गर्नुहुन्छ आफ्नो एजेन्डा के छ जनतालाई भन्न सक्नुहुन्छ हामीले कालीकाेटमा घरभित्र थुनेर एमालेका मान्छे घरमा आगो लगाएर मारेको , बलराम सापकोटा लाई बेपत्ता पारी बेखवर बनाएको यदु गौतमलाई फरक पार्टी को सदस्य लिना साथ ढुंगा ले हानिहानी मारेको मारेको डेगेन्द्र खड्का पत्रकार वीरेन्द्र शाह रामहरि श्रेष्ठ रामेछाप छवि कार्की ओखलढुंगा मुक्ति अधिकारी लगायत सयौं मान्छेलाई परिवारका अगाडि राखेर कुटपिट गरि मारेको सबैलाई जानकारी छ त अनि तपाईको गाली के धम्की होइन र यो लोकतन्त्रमा राम्रो होइन जति तपाईंको कम्युनिस्ट आन्दोलनमा लगानी होला थोरबहुत हाम्रो पनि छ।

  3. Nagendra Avatar
    Nagendra

    मन्परी गर्न पाएकाहरुले, नातागोता सबै ठाउमा पुर्याएर देशको ढिकुटी लुट्न पाएका हरुले त अहिले स्वर्गिय आनन्द पाएका छन नि !! त्यो सब रोकिदिन खोज्ने ओली प्रतिगमन्कारी हुन तिन्स्ले प्रतिगमन गरेकै हुन !! के गर्नु, जनताको मत बिखन्दित गरेर अदालत गुहारेर उल्ट्याए र २ बर्ष मोज गरे !! आउने थिएन मौका फेरी !! अब जनताले प्रश्न गर्ने हो, तिम्रो अग्रगमनले देशलाई के दियो !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *