वरिष्ठ पत्रकार गौतमको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ ।

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई निमोनिया देखएपछि आईसीयूमा उपचार गरिँदै थियो । उनलाई आइतबारदेखिन भेन्टिलेटरमा राखिएको छ । सम्पादक समाज नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वकार्यवाहक सभापति ७७ वर्षीय गौतमले पञ्चायतकालमा पटकपटक जेल परेका थिए ।

गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि गत मंगलबार अस्पतालमा भर्ना गरिएको छोरा किरण गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *