रमेश खरेलको पार्टी र सामूहिक नेपालबीच साझा उम्मेदवार उठाउने सहमति

काठमाडौं । स्वतन्त्र राजनीतिक शक्ति नेपाल तथा सामूहिक नेपालबीच आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा साझा चिन्हमा उम्मेदवार उठाउने सहमति भएको छ ।

दुई पार्टीका संयाेजकसहित भएको बैठकमा यस्तो सहमति भएको हो । बैठकमा निर्वाचनमा तेस्रो ध्रुव (राजनीतिक शक्ति) स्थापना गर्न थप राजनीतिक शक्ति तथा समूहसँग मोर्चाबन्दीका लागि निरन्तर थप पहल गर्नेसमेत सहमति भएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

बैठकमा स्वतन्त्र राजनीतिक शक्ति नेपालका संयोजक रमेश प्रसाद खरेल, सदस्यहरु रोमलाल गिरी, गंगलाल श्रेष्ठ र पुण्य प्रसाईं रेहका थिए भने सामुहिक नेपालबाट संयोजक विराजभक्त श्रेष्ठ, सदस्यहरु मुकुन्द शिलवाल, शैलेन्द्र घिमिरे, विकाशबाबु श्रेष्ठ रहेका थिए ।

सहमतिमा स्वतन्त्र राजनीतिक शक्तिका सदस्य गोविन्द गिरी एवम् सामूहिक नेपालबाट रविन्द्रकुमार श्रेष्ठले प्रतिनिधि हस्ताक्षर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *