बुद्धनगरमा निर्माणाधीन घरको छैठौं तल्लाबाट खसेर दुई बालबालिकाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० स्थित बुद्धनगरस्थित निर्मााणीधन घरको छैठौं तल्लाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

आज साँझ पौने ६ बजे भएको घटनामा भारतको विहार घर भई काठमाडौं मनोहरा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं घट्टेकुलोकी १४ वर्षीया बालिकाकाे मृत्यु भएको काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनीहरुलाई छ तल्लाबाट खसेपछि नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको थियो । चिकित्सकले साढे ६ बजे मृत घोषणा गरेका काठमाडौंका एसपी मैनालीले बताए ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *