रुपन्देही । नेकपा एसका दुई प्रभावशाली नेता डा. बेदुराम भुसाल र डा. विजय पौडेल रुपन्देही १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन् ।
नेकपा एसका नेता सिद्धिचरण भट्टराईका अनुसार दुवै नेतासहित पुराना वामपन्थी नेता उमापति पाण्डेको नाम सिफारिस गरिएको छ ।
रुपन्देही स्थायी घर भएका पौडेल र कपिलवस्तुका भुसाल यो क्षेत्रबाट सिफारिस गरिएपछि राजनीति तरंगित भएको छ । नेकपा एसले रुपन्देहीका ५ क्षेत्रमध्ये संघमा एकसहित ५ वटा प्रदेश सांसदको टिकट गठबन्धनमा दाबी गरिरहेको छ ।
यसअघि रुपन्देही २ मा नेता राजु गुरुङले उम्मेदवारी दिने चर्चा थियो ।
रुपन्देही १ मा एमाले सचिव छविलाल विश्वकर्माले यसअघि निर्वाचन जितेका छन् भने कांग्रेसबाट अब्दुल रज्जाक प्रतिस्पर्धामा थिए ।
‘शीर्ष नेताहरूलाई रुपन्देहीमा राख्ने पार्टीका नेताहरूबीचको सहमतिमै उहाँहरुको नाम सिफारिस भएको हो, उहाँहरुको सहमतिले सिफारिस गरेका छौं, हामीले गरेको निर्णय केन्द्रले पक्कै सोचविचार पुर्याउने छ’, नेता भट्टराईले भने ।

Leave a Reply