एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य, २ करोड ५० लाख अमेरिकी डलर लगानी भित्र्याइने

काठमाडौँ । एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच लगानीमा सहकार्य गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता भएको हो ।

एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।

जलस्रोत तथा नविकरणीय ऊर्जा क्षेत्रमा गरिएको लगानीले देशको समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

सम्झौता हस्ताक्षर समारोहमा एनएमबि बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रका परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ अवधारणालाई एक कदम अगाडि पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *