१४ वर्षदेखि बन्द पशुपतिनाथको पूर्वी ढोका खोलियो

काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ बर्षपछि खुलेको छ ।

पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) पर्वको अवसरमा पशुपतिनाथको पूर्वी ढोका खुला गरेको हो ।

पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास विवादमा परेपछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द हुँदै आएको थियो । तर, यस बर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।

यो ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *