संसद विघटनविरुद्ध ७७ जिल्लामा कांग्रेसको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा गर्दैछ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

आजको प्रदर्शन अन्तर्गत सभापति देउवाले रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङ, पूर्व महामन्त्री प्रकाशमान सिंहले कास्कीबाट सम्वाेधन गर्नेछन्

पूर्व महामन्त्री कृष्ण सिटौंलाले झापा, नेताहरु डा‍. रामशरण महतले काभ्रे, अर्जुननरसिंह केसीले काठमाडौं, डा. मिनेन्द्र रिजालले प्यूठान, गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख, गुरुराज घिमिरेले दोलखा लगायतका जिल्लामा सम्बोधन गर्ने तय भएको छ ।

कांग्रेसले यसअघि देशभरका प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, स्थानीय तह र वडा केन्द्रीत प्रदर्शन र सभा गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *