नेपाल टी–२० लिगका लागि खेलाडी दर्ता सुरुः के के छन् मापदण्डरु ?

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले आफ्नो आधिकारिक फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगका लागि खेलाडी दर्ता सुरु गरेको छ ।
शनिबार एक सूचना जारी गर्दै क्यानले खेलाडी दर्ताका लागि अनलाईन फारम समेत खोलेको छ ।

टी–२० लिगमा नाम दर्ता गराउने खेलाडीका लागि विभिन्न मापदण्डरुसमेत बनाएको छ । नाम दर्ता गराउने खेलाडीले सन् २०१८ देखि निरन्तर रुपमा राष्ट्रिय प्रतियोगिताहरु प्रधानमन्त्री कप, मेयर्स कप जस्ता प्रतियोगिताहरु खेलेको हुनुपर्ने, २०१८ देनि यू–१९ स्तरको प्रतियोगिताहरु खेलेको वा नेपाललाई प्रतिनिधित्व गरेको हुनुपर्ने, सन् २०१८ पछि सिनियर स्तरको अन्तर्राष्टिय प्रतियोगिताहरु खेलेका लागि विशेष प्राथामिकता दिइने, विभिन्न फ्रेन्चाइज लिगहरुमा सन् २०१८ पछि निरन्तर खेलिरहेका खेलाडीहरुले प्रथामिकता पाउने क्यानले उल्लेख गरेको छ ।

खेलाडी दर्ताका लागि क्यानले ४ दिनको समय दिएको छ । भदौ १५ गतेभित्र खेलाडीहरुले फारम भरिसक्नु पर्नेछ । टी–२० लिग असोज ८ देखि कात्तिक पाँच सम्म आयोजना हुने क्यानले जानकारि गराइसकेको छ ।

प्रतियोगिताका लागि ६ मध्य चार टिमको नाम पनि सार्वजानिक भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *