फोहोर नियमित उठाइँदैछ, कृपया सडकमा नफालिदिनुहोला : बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले उपत्यकाको फोहोर नियमितरुपमा बञ्चरेडाँडा लैजाने क्रम जारी रहेको भन्दै सडकमा फोहोर नफाल्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् ।

उनले घरघरमा थुप्रिएका फोहोर पनि नियमित रुपमा संकलन हुने बताउँदै सडकमा बिसर्जन आग्रह गरेका हुन् ।

‘अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थाल्ने छन् । यसैले कृपया ! सडकमा फोहोर विसर्जन गर्ने नगरिदिनुहोला ।’, उनले लेखेका छन्, ‘सबैको सहभागिता र योगदानबाट मात्रै हामीले सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्छौँ । विश्वास छ, साथ दिनुहुनेछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *