मिटरब्याजीको बिगबिगी : एक सातामा ६५ जिल्लाबाट १७ सय भन्दा बढी उजुरी

काठमाडौं । गृह मन्त्रालयले उजुरी आव्हान गरेको एक सातामा मिटरब्याजीविरुद्व १७ सय भन्दा बढी उजुरी परेका छन् । मुलुकभरका ७७ जिल्लामध्ये ६५ जिल्लाबाट १ हजार ७३१ वटा उजुरी दर्ता भएको गृह मन्त्रालयले जनाएको हो ।

जम्मा उजुरीको ५७ प्रतिशत उजूरी मधेश प्रदेशबाट मात्रै परेको गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेका सहसचिव डा.भीष्मकुमार भूसालले जानकारी दिए ।

उनका अनुसार अझै १२ जिल्लाको तथ्यांक आउन बाँकी रहेकाले मिटरब्याजी विरुद्वका उजुरी बढ्ने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *