रामेछाप । नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले चुनावको मुखमा एकलौटी ढंगले पार्टी सञ्चालन गरेको र निर्दोष कार्यकर्तालाई अन्तर्घातको आरोपमा कारबाही गरेको भन्दै बहुमत जिल्ला सदस्यहरूले आपत्ति जनाएका छन् ।
निवर्तमान जिल्ला सभापति तथा रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने तथा जिल्ला उपसभापति नवराज थोकरसहित बहुमत जिल्ला सदस्य तथा पदाधिकारीहरूले विज्ञप्ति जारी गर्दै सभापति कान्छाराममाथि कारबाहीको माग गरेका छन् ।
पार्टीको सम्बन्धित निकायले सम्भावित दुर्घटनाबाट बचाउन तत्काल पहल नगरे सभापति कान्छाराविरुद्ध थप सशक्त संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।
कान्छारामले चुनावमा आर्थिक चलखेल गरेर टिकट वितरण गरेको आरोप समेत उनीहरूले लगाएका छन् ।


Leave a Reply