पत्रकार भानुभक्तलाई ‘टान जर्नालिजम अवार्ड’

काठमाडौं । पत्रकार भानुभक्त निरौला ‘टान जर्नालिजम अवार्ड’बाट सम्मानित भएका छन् ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपालको वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा पत्रकारिताबाट पर्यटन प्रवर्द्धनमा गरेको योगदानको कदर गर्दै पत्रकार निरौला सम्मानित भएका हुन् ।

सोमबार होटल हायातमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र टान अध्यक्ष खुम सुवेदीले पत्रकार निरौलालाई नगद र ताम्र पत्र प्रदान गरे ।

वि.स. २०६४ सालदेखि हिमाली जिल्ला सोलुखुम्बुबाट पत्रकारिता सुरु गरेका पत्रकार निरौलाले जिल्लाबाटै कान्तिपुर पत्रिका र टेलिभिजनमा रिपोर्टिङ गर्छन् ।

हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक समेत रहेका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।

उनले पर्यटन पर्वद्धनकै सवालमा विश्वकै लामो रेडियो अन्तरवार्ता लिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *