वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि ३ जना सिफारिस

काठमाडौ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ जनालाई सिफारिस गरेको छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालयको संयोजकत्वमा रहेको सिफारिस समितिले मन्त्रिपरिषद बैठकमा डा. द्वारिका उप्रेती, निर्मलकुमार उप्रेती र युवराज बस्नेतको नाम सिफारिस गरेको हो । सम्भव त अब बस्ने मन्त्रिपरिषद बैठकले ३ जनामध्ये एक जनालाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *