‘मिस युनिभर्स नेपाल’को स्पर्धामा २० सुन्दरी

काठमाडौं । ‘मिस युनिभर्स नेपाल’को ग्रायण्ड फिनालेमा २० जना युवतीले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौंको याक एन्ड यती होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक नग्मा श्रेष्ठले ग्रायण्ड फिनाले भदौ ९ गते काठमाडौंमा आयोजना हुने जानकारी दिएकी हुन् ।

कार्यक्रममा २० जना प्रतिस्पर्धीले रातो कार्पेट नापेका थिए । उनीहरुले आफ्नो परिचय दिँदै रातो कार्पेटमा क्वाटवाक गरेका हुन् ।

निर्देशक श्रेष्ठले आउँदो वर्षदेखि उक्त प्रतियोगितामा विवाहित, गर्भवती र आमा भैसकेका तथा सम्बन्ध विच्छेद गरेका महिलाहरुसमेत सहभागी हुन पाउने बताइन् ।

‘मैले सधैं मिस युनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागू हुने समावेशिता हो । आउँदो वर्षदेखि लागु हुने परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुका लागि हुने विश्वास लिएकी छु’, उनले भनिन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यस वर्षको ‘मिस युनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने कार्यक्रममा जानकारी दिइयो । त्यस्तै विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

प्रतियोगितामा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत, सृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, सृष्टि तामाङ, मोनालिजा पराजुली, रीजु खड्का, डा. आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *