मेटमणि भन्छन्- कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयो

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।

एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिष्ट पार्टीको दुईतिहाइ नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरीत संसदको दुई-दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’

एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको बताउदै मन्त्री चौधरीले थपे, ‘ठुलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठूलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’

कम्युनिष्टहरू शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्ने बताउँदै चौधरीले एकीकृत समाजवादी वृहत कम्युनिष्ट एकताको पक्षमा रहेको बताए ।

Comments

One response to “मेटमणि भन्छन्- कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयो”

  1. ksp pyl Avatar
    ksp pyl

    सरसफाईको जिम्मा लिएको मान्छे काठमाडौंको फोहोर हटाउन नलागेर ओलीलाई गालि गर्न दाङ पुगेको? यस्तो गैर जिम्मेवारलाई कसले मन्त्री बनाएको? फोहोरको डङ्गुरमा जनतालाई राखेर जनताले कालोमोसो दल्लान भनेर ओलीलाई गालि गरेपछि बचिन्छ भन्ने ठानेको? अनैतिक, क्रिश्चियनका दलालहरूलाई कम्युनिष्टको नाम लिन पनि अब लाज हुनुपर्ने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *