मेरो डान्स कप र भ्वाइस कप यूएसएको उपाधि रेनुका र प्रवीणलाई

काठमाडौं । अमेरिकाको कोलम्बस सहरमा ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’ को फाइनल सकिएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको उक्त प्रतियोगिताको उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर सेमिफाइनल नेपालमा गरिएको थियो ।

‘मेरो डान्स कप यूएसए’ को उपाधि रेनुका राईले जितेकी छन् । उनले, ताजसँगै १० हजार डलर र टोयोटा र्‍याभ फोर गाडी प्राप्त गरिन् । त्यस्तै प्रवीण बर्देवाले ‘मेरो भ्वाइस कप’ को उपाधि चुम्दै १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरे ।

‘मेरो डान्स कप’ को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छिन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितिन् । ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ र सेकेन्ड रनरअपको उपाधि सितल शर्मा बने ।

दर्शकहरूको भोटिङका आधारमा विजेता छनोट गरिएको उक्त प्रतियोगिताको फाइनल शोमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायकहरू नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाललगायतले प्रस्तुति दिएका थिए । यस्तै, कलाकारहरू साराङ्गा श्रेष्ठ, दीलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए ।

यो शोमा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपाली भाषीहरूले प्रतिस्पर्धा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *