देउवा बोल्न लाग्दा नाराबाजी- एमसीसीको मतियार मुर्दावाद, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै एक युवाले नाराबाजी गरेका छन् ।

भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा एक युवा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएर विरोधमा उत्रिएका हुन् ।

नारा लगाउन थालेपछि ती युवालाई सुरक्षाकर्मीले बाहिर निकालेका छन् ।

Comments

One response to “देउवा बोल्न लाग्दा नाराबाजी- एमसीसीको मतियार मुर्दावाद, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर (भिडिओ)”

  1. Chandra kanta Marahatta Avatar
    Chandra kanta Marahatta

    This is how democracy works in Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *