सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध काइनेटिक ढुङ्गासहित एक जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर वडा नं. ११ समावेशी टोलमा अवैध काईनेटिक ढुंगाको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा आज दिउँसो गएको प्रहरी टोलीले ३२ वर्षका दिपक बहादुर बस्नेतसहित काईनेटिक ढुङ्गा नियन्त्रणमा लिएको हो ।
बस्नेतले घरको कोठाभित्र प्लाष्टिकको थैलोहरुमा लुकाई छिपाई राखेको अवस्थामा १६ क्विन्टल ९१ किलो ७०० ग्राम काईनेटिक ढुङ्गा फेला परेको हो ।
काईनेटिक ढुंगासहित प्रहरीले बस्नेतलाई पक्राउ गरी आवश्यक कारबाहिको लागि खानी तथा भुगर्ब कार्यालय सुर्खेतमा बुझाएको छ ।

Leave a Reply