छुट्टाछुटै सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका ४ बजे झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा घाइते भएकी पैदल यात्री स्थानिय ७० वर्षीया मनमाया बास्कोटाको बिएनसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका-२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

यसैगरी राति साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका-७ स्थित सडक खण्डमा प्रदेश १-०२-०४७ प ७९४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा घाइते भएका मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका-१६ का १८ वर्षीय कृष्ण चौधरीको बिराटनगर स्थित बिराटनर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *