राष्ट्रपति भण्डारीद्वारा दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङलाई नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा तामाङलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *