तत्कालीन नेकपाका ५ शीर्ष नेता दोस्रोपटक जुटे छलफलमा

काठमाडौं । विघटित नेपाल कम्युनिष्ट पार्टीको तत्कालीन सचिवालयका ५ सदस्य छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालयमा उनीहरूको छलफल सुरू भएको हो ।

स्रोतका अनुसार बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका नारायणकाजी श्रेष्ठ, हालै नयाँ पार्टी गठन गरेका वामदेव गौतम र नेकपा एसका झलनाथ खनाल बैठकमा सहभागी छन् ।

केही दिनअघि पनि उनीहरूबीच पहिलो चरणको छलफल भएको थियो । नेता गौतमको पहलमा दोस्रोपटक बैठक बसेको बुझिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *