काठमाडौं । आज सोमबार पनि सेयर कारोबारमा सुधार आउँदै नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा आइपुगेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिनबाट सेयर बजारमा देखिएको हरियो आज पनि कायम भएको हो ।
बजार बढे पनि कारोबार भने उल्लेख्य छैन । आज २११ कम्पनीको १ अर्ब ३१ करोड रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ र म्यूचुअल फण्डबाहेकका समूहमा हरियाली छायो ।
सामान्यतया साउनलाई सेयर बजारको सिजनको रूपमा हेरिन्छ । होटल तथा पर्यटन समूह र नीर्जिवन बीमा समूहतर्फ सबैभन्दा बढोत्तरी छ । आज बरुण हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ ।

Leave a Reply