नेपालको पुन खराब ब्याटिङ : सय रन नपुग्दै ६ विकेट झर्‍यो

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालको लगातार खराब ब्याटिङ कायमै देखिएको छ।

शृंखलाअन्तर्गत अन्तिम खेलमा अहिले घरेलु टोलीसँग खेलिरहेको नेपालले २५ ओभरमा ६ विकेट गुमाएर ९१ रन जोडेको छ।

आसिफ शेख ४० रन जोडेर आउट भए भने देव खनाल र रोहित पौडेलले पनि १०र१० रन बनाए। कुशल भुर्तेलले ३ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए।

आरिफ शेखले खाता खोल्न सकेनन्। ५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेको थियो। नेपालले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो। स्कटल्यान्डले टस जितेर पहिला बलिङ रोजेको हो।

यसअघि शनिबार राती नामिबियासँग २ सय रनको लक्ष्य पछ्याएको नेपाल एक सय ३६ रनमा अलआउट भएको थियो। यही शृंखलामा नामिबियासँग भएको पहिलो खेलमा २ सय २१ रनको लक्ष्य पछ्याउँदा एक सय ८० रनमा समेटिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *