स्कटल्यान्डविरुद्ध नेपालको सुस्त ब्याटिङ : ५ ओभरमा ५ रन !

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो अन्तिम खेलमा अहिले घरेलु टोलीसँग खेलिरहेको नेपालले सुस्त ब्याटिङ गरिरहेको छ।

नेपालले ११ ओभरमा १ विकेट गुमाएर ३१ रन जोडेको छ। आसिफ शेख १९ र देव खनाल ९ रनमा खेल्दैछन्। कुशल भुर्तेल ३ रन जोडेर आउट भए। ५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २६ रनको साझेदारी गरिसकेको छ।

नेपालले सुरुको ५ ओभरमा विकेट नगुमाई ५ रन मात्र जोडेको थियो। स्कटल्यान्डले चौथो र पाचौँ ओभर मेडन फ्याँकेको थियो। शृंखलाअन्तर्गत स्कटल्यान्डसँग भएको पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो। नामिबियासँग भएका दुवै खेलमा पराजित भएपछि नेपालको विश्वकप छनोटमा सोझै छानिने सम्भावना थप कमजोर बनेको छ।

नेपालको १९ खेलबाट १७ अंक रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *