काठमाडौं । निजामती कर्मचारीसम्बद्ध संग-संगठनले संघीय निजामती सेवा ऐन, तत्काल जारी गर्न माग गरेका छन् । त्यसका लागि दबाबस्वरूप आज मुख्यसचिव शंकरदास बैरागीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
राज्य पुन:संरचनाको लामो समयसम्म संघीय निजामती सेवा ऐन जारी नहँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको भन्दै निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु चिन्ताको विषय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

चालू अधिवेशनबाट ऐन जारी नभए संघर्षका कार्यक्रम अघि बढाइने कर्मचारी संगठनले चेतावनी दिएका छन् ।
ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निजामती कर्मचारी संगठनका अध्यक्ष विज्ञान शर्मा लुइटेल, युनियनका अध्यक्ष याम तिवारी र एकीकृत सरकारी कर्मचारी संगठनका विभागीय इन्चार्ज ज्ञानेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


Leave a Reply