अस्पतालको भवन निर्माणमा संलग्न बालिकाको करेन्ट लागेर मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिकामा अवस्थित मेहेलकुना अस्पतालमा करेन्ट लागेर गुर्भाकोट वडा नं. ६ की १७ वर्षीया बालिका विजयी विकको मृत्यु भएको छ ।

अस्पतालको नयाँ बन्दै गरेको भवनमा उनलाई करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीका अनुसार ती बालिका त्यहाँ मजदुरी गर्दै आइरहेकी थिइन् ।।

उनको मृत्यु बारेमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगिसकेको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *