बुढीगंगा अपडेट : एमालेको अग्रता पन्ध्र सय बढी

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३ हजार ३६४ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ७८९ मत पाएका छन्।

यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले ३ हजार२५८ मत पाएकी छन्।

उनकी प्रतिस्पर्धी काङ्ग्रेसकी रिता शाहीले १ हजार ८६२ मत ल्याएकी छिन्।

अहिलेसम्म ५ हजार ४२५ मत गणना भएको बताइएको छ।

अहिलेसम्म मत गणना सकिएका मध्ये पाँच वटा वडा एमालेले र एउटा वडा कांग्रेसले जितेको छ ।बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।

Comments

2 responses to “बुढीगंगा अपडेट : एमालेको अग्रता पन्ध्र सय बढी”

  1. ksp pyl Avatar
    ksp pyl

    खातीले मतगणना राेकेर फेरि भुनाव गराउने भन्नसक्छ है । कानुन्चि पर्याे । अहिलेकाे नम्बर वान ।

  2. मोहन सिंह धामी Avatar
    मोहन सिंह धामी

    Good जितको शुभकामना कमरेड हरु लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *