भाइरल भिडिओ : ‘नेपहपको श्रीपेच’ को फाइनलमा झ्याप थिए बालेन्द्र ?

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहको केही सेकेन्डको भिडियो एकाएक टिकटकमा भाइरल बनेको छ । उक्त भिडियोमा साहको बोली र हाउभाउलाई हेरेर धेरैले ‘मेयर झ्यापमा’ भन्दै टिप्पणी गरिरहेका छन् ।

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को गत शनिवार भएको ग्रान्ड फाइनलमा चिफ गेस्टको रूपमा उपस्थित भएका थिए साह । उनी उक्त रियालिटी शोका एक निर्णायक पनि हुन् ।

फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको बडी ल्याङ्वेज अलिक अस्वाभाविक देखिएको थियो । उनको बोली केही लरबराएको र शरीर पनि अलि असन्तुलित थियो । त्यसैले उनी त्यसबेला रक्सीले मातेको अनुमान धेरैले गरेका छन् ।

कुनै पनि सार्वजनिक कार्यक्रम होस वा अन्तरवार्ता, बालेन शिष्ट र अनुशासित रूपमा पेश हुने गर्छन् । कहिले पनि उनले अमर्यादित वा उत्ताउलो व्यवहार गरेको देखिँदैन ।

यस कार्यक्रममा भने उनी स्वभाव विपरीत केही अस्थिर र चञ्चल देखिएका थिए । एक पटक उद्घोषिकाले बोल्दै गर्दा बालेन बिना प्रसंग अचानक उनीसामु आएर माइक तान्न खोजे । उद्घोषिकाले केही भनेपछि ब्याक हटे र दुवै हात अगाडि राखेर आफ्नो सिग्नेचर पोजमा उभिए । साथै, उनी जोसित पनि आलिंगन र कानेखुसी गरिरहेका देखिन्थे ।

बालेनको प्रस्तुतिमाथि विभिन्न टीकाटिप्पणी भएका छन् । कार्यक्रमको लाइभ प्रशारण हुँदा नै ‘मेयर झ्यापमा’ भन्दै अत्यधिक कमेन्ट आएका थिए ।

बालेनका सबैभन्दा निकट सहयोगी कुमार बेन भने सो कार्यक्रममा सहभागी हुँदा मेयरले मदिरा सेवन नगरेको बताउँछन् । उनले थकानका कारण शरीर र आवाज अलिकति असन्तुलित भएको हुन सक्ने दाबी गरे ।

उनले भने, ‘त्यस दिन आधि सुटिङ बिहानै भइसकेको थियो । फाइनल रिजल्ट चाहिँ राति ११ बजेपछि सुरु भयो । दिनभरि बजेटको धपेडी पनि थियो । त्यसमाथि कार्यक्रम धेरै ढिला भएकाले स्ट्रेसले गर्दा बोली अलिकति लर्बरिएको हो । चर्चा भएजस्तो अरू त्यस्तो केही पनि होइन ।’

Comments

3 responses to “भाइरल भिडिओ : ‘नेपहपको श्रीपेच’ को फाइनलमा झ्याप थिए बालेन्द्र ?”

  1. श्याम Avatar

    Rap ra zhaap कहिले काही चल्छ ब्रो!आफ्नो पनि लाइफ हुन्छ नि!
    काम राम्रो गरे भयो नि!

  2. यसराज सिह Avatar
    यसराज सिह

    रक्सि खाए पनि अापति भएन घुस खानु भएन भ्रष्टाचार गर्नु भएन👍️

  3. अमृत Avatar
    अमृत

    खाये त दारु आफ्नै बाउको खाये..

Leave a Reply

Your email address will not be published. Required fields are marked *