संगठनको हातहतियार सम्बन्धी सूचना पत्रकारलाई दिएको अभियोगमा शसस्त्र प्रहरीको विषेश अदालतद्धारा वरिष्ठ सईलाई जेल चलानको आदेश

काठमाडौं।  संगठनको गोप्य सूचना तथा जनशक्तिको विवरण  संचार माध्यम तथा पत्रकारलाइ लाई उपलब्ध गराएको आरोपमा सशस्त्र प्रहरी बल¸ नेपालका एक बरिस्ठ हबल्दारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश भएको छ।
  संगठनको गोप्य र संवेदनशील सूचना भाइबर लगायत सामाजिक संजाल मार्फत संचारमाध्यमलाइ उपलब्ध गराउने तथा संगठका विरुद्ध वेनामी उजुरी समेत हालेको छानबिन प्रतिबेदन पछि सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर¸ पर्वत दरबन्दी भई हाल सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेडक्वार्टर दार्चुलामा काज कार्यरत कामु बरिष्ठ हवल्दार नरेश सिंह शाहुलाई थुनामा पठाइएको हो।
साहुले शसस्त्रको हतियार र गोलीगठ्ठा सम्बन्धी सूचना धनगढीको एक सन्चार माध्यमलाई उपलब्ध गराएको आरोप लागेको थियो।  उनलाई सशस्त्र प्रहरी ऐन¸ २०५८ को बर्खिलाफ गरेको देखिएको भन्दै सशस्त्र प्रहरी विषेश अदालतमा यही आसार २२ गते मुद्दा दायर गरिएको थियो।
सोही बमोजिम शाहुलाई शुक्रबार  थुनछेकको वहसको क्रममा सशस्त्र प्रहरी बिशेष अदालतको आदेशमा  पूर्पक्षका लागि थुनामा पठाइएको हो ।आरोप प्रमाणित भएमा निजलाइ सर्बस्व सहित जन्मकैद हुन सक्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *