पोखरीमा पार्क बनाउँदा अनियमितता गरेको भन्दै विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर र वडाध्यक्षविरुद्ध भष्ट्रचार मुद्धा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर र वडाध्यक्षसहितविरुद्ध भष्ट्रचारको आरोप लगाउँदै विषेश अदालतमा मुद्धा दायर गरेको छ।

पूर्व उपमेयर इन्दिरा कार्की र वडा-१५ का वडाध्यक्ष असलम आलमसहितविरुद्ध अभियोग पत्र दायर भएको हो। कार्की र आलमविरुद्ध ५ लाख ८ हजार ६ सय ६९ रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजाय माग गरिएको छ।

विराटनगर महानगरपालिका-१५ स्थित रानी हेल्थपोस्ट नजिकैको पोखरीमा पार्क निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको आरोपमा महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, शहरी विकाश महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सब इन्जिनियर मोहम्मद इफतेखार आलमविरुद्ध १० लाख ५५ हजार ९ सय ७९ बिगो कायम गर्दै जरिवाना र कैद पनि मागसहित अभियोग पत्र दर्ता भएको छ।

यस्तै पार्क निर्माण उपभोक्ता समितीका तत्कालिन अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेविरुद्ध पनि १० लाख ५५ हजार ९ सय ७९ बिगो कायम गर्दै जरिवाना र कैद पनि मागसहित अभियोग पत्र दर्ता भएको अख्तियारले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *