‘सोचे झैं जिन्दगी रैनछ…’ की गायिकाले गरिन् दोस्रो विवाह, संगीतसँग ‘सम्बन्धविच्छेद’ गरेर अष्ट्रेलिया जाँदै

काठमाडौं । दुई वर्षअघि आएको बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीको जिन्दगीले नयाँ मोड लिएको छ । उनले हालै विवाह गरेकी छन् ।

अष्ट्रेलियामा बसोबास गर्ने प्रेमीसँग मधुले केही दिनअघि कुनै समारोहविना कोर्ट म्यारिज गरेकी हुन् । यो उनको दोस्रो विवाह हो । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीया एक छोरी छन् ।

दोस्रो विवाहसँगै मधुले संगीत क्षेत्रसँग ‘सम्बन्धविच्छेद’ गर्ने भएकी छन् । चाँडै अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ ।

एक अन्तर्वार्तामा मधुले भनेकी छन्, ‘हो, मैले अब संगीत क्षेत्रलाई छोडेँ । दुईवटा नाउँमा खुट्टा राख्दा डुबिन्छ । यहाँका यादहरु बोकेर विदेश जाँदैछु ।’

विदेशिनुअघि अन्तिमपटक आफ्नो श्रीमान र परिवारसहित राखेर अन्तिम गीत गाउने इच्छा उनले व्यक्त गरिन् । ‘मलाई लोकसंगीतले धेरै चिज दिएको छ । दोहोरी क्षेत्रमा लागेर नै छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो’, उनले भनिन् ।

उनले एकल महिलाहरुलाई हेर्ने समाजको दृष्टिकोण अझै राम्रो नभएकाले पुरुषको सहारा चाहिने पनि बताएकी छन् ।

‘एकल महिला भन्नेबित्तिकै फरक दृष्टिकोणले हेरिन्छ । तर म एउटा डिभोर्सी र १७ वर्षीया छोरीकी आमालाई उहाँले श्रीमतीका लागि स्वीकार्नुभयो । यो मेरो लागि धेरै ठूलो कुरा हो । मैले भगवान जस्तै श्रीमान पाएकी छु’, उनले भनिन् ।

Comments

One response to “‘सोचे झैं जिन्दगी रैनछ…’ की गायिकाले गरिन् दोस्रो विवाह, संगीतसँग ‘सम्बन्धविच्छेद’ गरेर अष्ट्रेलिया जाँदै”

  1. Chetnath bhandari Avatar
    Chetnath bhandari

    2nd marriage life lasting haos, shuvakamana xa hajurlai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *