हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको जंगलमा एक शव फेला परेको छ ।
गाउँपालिकाको वडा नम्बर १ को मकरीस्थित भोर्लेटाँडी जंगलमा स्थानीय ६५ वर्षीय मानबहादुर घलानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घलान शनिवारबाट बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा घलान मृत फेला परेका हुन् । जंगलमा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
शवलाई पोस्टमार्टमको लागि जिल्लाको हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

Leave a Reply